एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ रहको छ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले जनकपुर बोल्ड्स र विराटनगर किङ्सबीचको उद्घाटन खेलअघि उक्त जानकारी दिएको हो । क्यानले विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने जनाएको छ ।

यो हालसम्मकै राष्ट्रिय प्रतियोगिताको सर्वाधिक पुरस्कार राशि हो । यसअघि २०७१,०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो । उक्त कीर्तिमान एनपिएलले तोडेको छ ।

यस्तै, एनपिएलमा दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउने छन्। तेस्रोलाई ३० लाख र चौथो हुनेलाई २० लाख रुपैयाँ दिने क्यानले जनाएको छ ।

क्यानले समग्रमा एनपिलको पुरस्कार राशिमा दुई करोड ११ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *