बीआरआई अन्तर्गतका योजना अनुदानस्वरुप अघि बढाउन चीन सकारात्मक : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरू अनुदान स्वरूप अघि बढाउन चीन सकारात्मक रहेको बताएका छन् ।

चीन भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरू अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएका हुन् ।

देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पष्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन् । उनले भ्रमणमा दुई देशको पारस्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने बारेमा छलफल भएको बताइन् । उनले व्यापार, लगानी, अन्तर्देशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ दुई देशको सम्बन्ध अघि बढाउने बारेमा छलफल गरेको बताइन् ।

देशभित्रको परिस्थितिका कारण नेपाल ऋण लिनसक्ने परिस्थितिमा नरहेको कुरा राखेको बताइन् । सो बारेमा चीन सरकारले आफूहरू आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवं नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेन्डाहरू ल्याउन आग्रह गरेको बताइन् ।

उनले भनिन् ‘दुई देशको पारस्परिक सम्बन्धलाई कसरी अघि बढाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने भन्नेमा धेरै जसो छलफल भयो । यसमा व्यापार, लगानी, अन्तर्देशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्छ भन्ने हाम्रो धारणा राखियो । नेपालको स्वाधीनतालाई सहयोग गर्ने, स्वतन्त्रतामाथि सहयोग गर्नेकुरा राख्नुभयो । हामीले पनि एक चीन नीतिमा सहयोग गर्ने प्रतिबद्धता जनायौँ । ट्रान्स हिमालयन मल्टी डाइमेस्नल कनेक्टिभिटी नेटवर्क रहेको छ नेपालको बारेमा धेरे परामर्श भयो । यसलाई अगाडि बढाउने कुरा चल्यो । विभिन्न आयामहरूमा विगतका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्युहरुको भ्रमणमा भएका प्रोजेक्टहरूको बारेमा रिन्यु गर्नुपर्छ भन्यौँ । उहाँहरुले यसलाई पोजिटिभ्ली नै लिनुभयो । तपाईँहरूले पन इन्टरनल होमवर्क गरेर आउनुस्, हामी पनि इन्टरनल होमवर्क गर्छौं कुनकुनमा सहयोग गर्ने हामी पनि छलफल गर्छौं भन्नुभयो । नेपालको तर्फबाट अहिले हामीले लोन लिनसक्ने अवस्थामा छैनौँ, हामी एकदमै ग्राण्ड तपाईँहरूबाट प्राप्त हुने आशामा छौँ भन्नेकुरा राख्यौँ । देशभित्रको परिस्थितिका कारण लोन लिनसक्ने परिस्थिति छैन भन्नेकुरा उहाँलाई स्पष्ट राखेँ । उहाँले यो कुरा राम्रोसँग सुनिदिनु भयो । अब आउने भ्रमणमा अझ कुराहरू अघि बढ्छ ।’

परराष्ट्रमन्त्री डा. राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा धेरै विषयहरू अघि बढ्ने अपेक्षा गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *