एनपीएल पहिलो खेल: विराटनगर किंग्सले जनकपुर बोल्टसलाई दियो १२८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्टसलाई १२८ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा १२७ रन मात्र बनायो ।

विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे भने अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए ।

बलिङतर्फ विराटनगरलाई अलआउट गर्ने क्रममा जनकपुरका  ललित राजबंशीले ३ विकेट लिए भने, हर्ष थक्कर र किशोर महतोले दुईदुई र मोहमद मोहसिन र माइकले एकएक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *