चिसोमा न्यानो दिने चोभार (तस्बिरहरू)
२०८१ मंसिर १७ गते
काठमाडौं । उपत्यकाबाट नजिकै रहेको चोभार डाँडा पर्यटकीय स्थल हो ।
यहाँको मञ्जुश्री पार्क, चोभार गल्छी, नेपालको पहिलो पुरातात्त्विक झोलुङ्गे पुल, जल विनायक मन्दिर परिसर घुमफिरको लागि प्रख्यात छ ।
धेरै जसो जाडो मौसममा चोभारको डाँडामा घुम्ने र पिकनिक खाने मानिसहरूको भिड हुने गर्छ ।
चोभारको डाँडाबाट काठमाडौं उपत्यकाको वातावरण निकै सुन्दर देखिन्छ । चोभारमा धेरै जसो डाँडाहरू रहेका छन् जसले गर्दा मानिसहरूको आकर्षक बढ्ने गर्छ ।
अन्य समयमा भन्दा जाडो मौसममा विभिन्न संस्था, सङ्गठन लगायत धेरै मान्छेहरू नाचगान गर्ने पिकनिक खाने एक रमाइलो र घुम्ने ठाउँको रूपमा पनि चोभारलाई लिन सकिन्छ ।
चिसोमा घाम ताप्नका लागि धेरै जसो मानिसहरू चोभार पुग्ने गर्दछन् ।
२०८१ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित