कांग्रेसबाट माओवादीले खोस्यो नलगाडको उपप्रमुख
मकालु खबर
२०८१ मंसिर १७ गते
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । भर्खरै सार्वजनिक अन्तिम परिणाणअनुसार माओवादीकी देवका लामिछाने विजयी भएकी हुन् ।
उनले ४ हजार २७२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन् । एमालेका उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत ल्याएकी छन् । रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याएकी छन् ।
०७९ को स्थानीय तह निर्वाचनमा नलगाडको उपप्रुमखमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन् । अहिले कांग्रेसबाट उम्मेदवार बनेकी ईन्द्रा सरिताकै भाईबुहारी हुन् ।
मकालु खबर
२०८१ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित