काठमाडौं गुर्खाजमाथि चितवन राइनोजको शानदार जित
काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।
काठमाडौं गुर्खाजमाथि ५ विकेटको जित निकाल्दै दोस्रो खेलमा चितवन राइनोज विजयी भएको हो ।
काठमाडौं गुर्खाजले दिएको ११२ रनको सामान्य लक्ष्य चितवन राइनोजले १७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
चितवन राइनोजको जितमा ओपनर हसन इसाखिलले १२ रन बनाए । अर्का ओपनर दीपक बोहराले ७ रन बनाएर आउट भए ।
लुक बेन्केनस्टाइनले २२ रन बनाए भने कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११–११ रन बनाए ।
युवा स्टार सन्तोष कार्की २८ र शरद भेषवाकर ११ रनमा नट आउट रहे ।
काठमाडौं गुर्खाजका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए । गेर्हार्ड इरास्मस र डेनियल डथवेटले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो ।
चितवन राइनोजका बलर सामु काठमाडौं गुर्खाजका ब्याटरहरु निरीह बने । खेलमा सम्हालिन नसक्दा काठमाडौं गुर्खाज १११ रनमा समेटिनु पुगेको थियो ।
चितवन राइनोजका लागि पाकिस्तानी बलर सोहिल तन्विर घातक बने । ४ ओभर बलिङ गरेका उनले सर्वाधिक ५ विकेट लिए ।
काठमाडौँ गुर्खाजका ओपनर स्टेफेन इस्कीनाजी २ रनमा आउट भए । अर्का ओपनर माइकल लेभिटले २५ रनको आक्रामक पारि खेले पनि धेरै समय क्रिजमा टिक्न सकेनन् ।
यस्तै सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । जेरार्ड इरासमसले ४ रनको योगदान दिए । भीक सार्की १ रनमा आउट भए । शङ्कर रानाले १६ रन बनाउँदा राशिद खान ४ रनमा आउट भए ।
काठमाडौँ गोर्खाजका कप्तान करण केसी १ र साहब आलम १ रनमा आउट भए । डेनियल डथवेट १९ रनमा र दीपेश कँडेल १ रनमा नट आउट रहे ।
चितवन राइनोजका लागि पाकिस्तानी बलर सोहिल तन्विरले शानदार बलिङ गरे । उनले ४ ओभरमा ५ विकेट लिए ।
रिजन ढकाल, कुशल मल्ल, अमरसिंह रौटेला र लुक बेन्केनस्टाइनले समान १–१ विकेट लिए ।