नीरज मान सैंजु एनसीएचएलको डेप्युटी सिइओमा नियुक्त

काठमाण्डौं । नीरज मान सैंजुज्यू नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सिइओमा नियुक्त भएका छन् ।

सैंजु सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ भने उनले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् ।

उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योग्दान पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

एनसीएचएलले आफ्नो १२६ भन्दा बढि कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई { NCHL-ECC, NCHL-IPS, Retail Payment Switch (RPS), connectRTGS, National Payments Interface (NPI), connectIPS, CORPORATEPAY,NEPALPAY QR र EFT Services सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् । हाल एनसीएचएलले NPS अन्तर्गत National Card Switch र NEPALPAY Card पनि कार्यान्वयन गर्ने क्रममा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *