उप निर्वाचन

पुथा उत्तरगंगा गाउँपालिकामा माओवादीको अग्रता

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादीले अग्रता लिएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन गरेको उक्त गाउँपालिकामा माओवादीकी नरपुरा बुढाले अग्रता लिइरहेकी हुन् । माओवादीकी नरपुराले ८ सयभन्दा बढी मतान्तरले अग्रता लिइरहेकी हुन् ।

उनले १ हजार ८७८ मत ल्याउँदा गठबन्धनकी केशकुमारी तुलाचनले १०५८ मत ल्याएकी छन् ।

पुथा उत्तरगंगा–२ को वडाध्यक्षमा माओवादीकै जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए ।

२०७९ मा माओवादी केन्द्रले उपाध्यक्ष जितेको पुथा उत्तरगंगामा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *