सिटिजन लाइफ वीमेन्स फोरमद्वारा आयोजित लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स वीमेन्स फोरमद्वारा आयोजित लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको हो ।

यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरू माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

अहिले विश्वव्यापी रुपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै मिति १४ गते शूक्रबारको दिन कम्पनीको प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता’ को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रमको मुख्य श्रोत व्यक्तिको रुपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्याल को उपस्थिति रहेको थियो । अर्याल ले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यावसायिक संस्थाहरूले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रुपमा प्रशिक्षित गरिन् ।

उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता भएर काम गर्न अर्याल ले प्रोत्साहन समेत गरिन् । उक्त कार्यक्रममा अर्याल ले, लैङ्गिक हिंसा महिलाहरू माथि मात्र नभई पुरुषहरूमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रुपमा अघि बढ्ने भन्ने बारेमा पनि जानकारी दिइन् ।

फोरमको संयोजक रिता पाठक ले आचारसंहिता तयार गरी महिलाहरूको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं लैङ्गिक हिंसाको पीडितलाई आवाज उठाउन अनुरोध गरिन् र फोरमले आउने समयहरूमा यस्तै शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरूप विभिन्न कार्यहरू गर्ने भविष्यको सोच रहेको बताइन् ।

कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर वि.सी. ले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरे ।

यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई सशक्तीकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजताको लागी विभिन्न कार्यक्रमहरू सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *