रविमाथि अनुसन्धान लम्बिएपछि कमल थापाले उठाए सरकारमाथि प्रश्न
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले रवि लामिछानेको हिरासत बसाइँ लम्बिएपछि सरकारमाथि प्रश्न उठाएका छन् ।
उनले अनावश्यक ढङ्गबाट अनुसन्धान लम्ब्याउने र नयाँ नयाँ आरोप थप्दै लाने काम भएको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।
उनले रवि लामिछानेलाई एक प्रकारले मानसिक तनाव दिने काम भएको बताए ।
‘अनावश्यक ढङ्गबाट अनुसन्धान लम्ब्याउने,नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
अध्यक्ष थापाले रवि लामिछाने, छविलाल जोशी र दुर्गा प्रसाईँलाई निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्ने भन्दै त्यसमा कुनै टिप्पणी नरहेको बताए ।
उनले भने– ‘रवि,छवि,दुर्गा प्रहरी अनुसन्धानमा छन् । निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ । मेरो कुनै टिप्पणी छैन । अपराधीले उन्मुक्ति पाउनु हुँदैन ।’