नेपालमा कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एक जना एकल महिला

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ ।

सोमवार राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो ।

तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा विधुवा महिला बढी रहेको देखाएको छ ।

नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला÷विधवा,सम्बन्धविच्छेद,भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताए ।

उहाँले जसमा ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको पनि बताए । उनले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्याङ्ले देखाएको बताए ।

उनले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको उल्लेख गरे ।

उनले कार्यालयकले अध्ययन गर्दा विधवा,सम्बन्ध विच्छेद,भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको बताए । उनले विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको बताए ।

उनले कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत यी दुई प्रदेशमा देखिएको बताए ।

उनले दश वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको भन्दै तथ्याङ्कले विदुर २.२ प्रतिशत भन्दा विधवा महिलाको संख्या धेरै ६.६ प्रतिशत रहेको बताए ।

उनले सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१मा झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिए । उनले सन् २००१ मा थप ३ प्रतिशतले बढी २०२१ मा ६.६ प्रतिशत पुगेको उल्लेख गरे ।

उनले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको भन्दै ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको जानकारी दिए ।

उनले एकल महिलाका विषयमा राज्यले नीति निर्माण गर्दा बलियो दस्तावेज हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *