३७ स्थानीय तहको नतिजा सार्वजनिक,कुन पार्टीको ‘पोजिसन’ के ? [सूचीसहित]
काठमाडौं सहित दोलखा,हुम्ला र उदयपुरको मतपरिणाम आउन बाँकी
काठमाडौं । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । आइतबार सम्पन्न देशभरका ४१ स्थानीय तहको निर्वाचनमध्ये ३७ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।
ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमश नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए ।
चा वटा स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको मतपरिणाम आउन बाँकी छ ।
यी स्थानमा मतगणना जारी रहेको छ । यस्तै उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ को मतगणना भने स्थगित भएको छ । सदर-बदर मतबारे दलहरूबिच विवाद भएपछि मतगणना स्थगित भएको हो ।
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले दुई स्थानमा जीत निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको १६ नम्बर वडामा जीत निकाल्न सफल भएको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टी पनि एक ठाउँमा विजयी भएको छ । नेपाल मजदुर किसान पार्टीले पनि एक ठाउँमा जित निकाल्दा स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजयी भएको छ ।
- कांग्रेसबाट निर्वाचित (१६ स्थान)
-प्रकाश चन्द, भीमदत्त नगरपालिका–६ कञ्चनपुर
-इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका–१
-राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका–४
-अर्जुनप्रसाद तिवारी, हेटौंडा–१२, मकवानपुर
-आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट–१
-भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका–४ रोल्पा
-अमिन थारु, ठाकुरबाबा नगरपालिका–४ बर्दिया
-खम्बबहादुर सिंह, कुशे गाउँपालिका–७ जाजरकोट
-मोतिराम खत्री, सानीभेरी गाउँपालिका–५ रुकुमपश्चिम
-नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका–८ तेह्रथुम
-तेतर साहु, गढी गाउँपालिका–६ सुनसरी
-शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका–७ रौतहट
-समसे आलम, राजपुर नगरपालिका–६ रौतहट
-धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका–४ बझाङ
-मोहन थापा, पुर्वीचौकी गाउँपालिका–६ डोटी
-धनसिंह कुँवर, दुहुँ गाउँपालिका–५ दार्चुला
- नेकपा माओवादी केन्द्रबाट निर्वाचित (८ स्थान)
-नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका–१२ उदयपुर
-सुनिल कापर केवट, धनुषाधाम नगरपालिका–१ धनुषा
-कृष्ण घिमिरे, ककनी गाउँपालिका–२ नुवाकोट
-विष्णुबहादुर मगर, गोरखा नगरपालिका–५ गोरखा
-नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
-नरपुरा बुढा,पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष,रुकुमपूर्व
-देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
-नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पा
- नेकपा एमालेबाट निर्वाचित (७ स्थान)
-सकिबुल खाँ, रामगोपालपुर नगरपालिका–२ महोत्तरी
-मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका–१ कपिलवस्तु
-लालबहादुर शाही, दुल्लु नगरपालिका–१३ दैलेख
-गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका- ५,ओखलढुंगा
-सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष,बाजुरा
-कुमारी सावादेन, सिरिजंघा–३ ताप्लेजुङ
-जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
- जसपा नेपालबाट निर्वाचित (२ स्थान)
-धीरेन्द्रकुमार साह, डाक्नेश्वरी–१, सप्तरी
-देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी–४, सप्तरी
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित (१ स्थान)
-रोजिना श्रेष्ठ, काठमाडौं–१६
- नेकपा एकीकृत समाजवादीबाट निर्वाचित (१ स्थान)
-बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका–८ रौतहट
- नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित (१ स्थान)
-खड्गराज शाही, तिलागुफा नगरपालिका–४ कालिकोट
- स्वतन्त्र निर्वाचित (१ स्थान)
-लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका–६ झापा