स्थानीय तह उपनिर्वाचन

कीर्तिपुर कांग्रेसको पोल्टामा,वडाध्यक्षदेखी मेयरसम्म जित्यो

काठमाडौं । कीर्तिपुर नगरपालिकाको नगर प्रमुख(मेयर) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनी ५ हजार ३ सय ३४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनीसंग नेकपा माओवादी केन्द्रको तर्फबाट प्रा.डा.शिवशरण महर्जन र नेकपा एमालेका तर्फबाट डा.सुरेन्द्र मानन्धर प्रतिस्पर्धामा थिए ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार डा.सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले २ हजार ३६ मत प्राप्त गरेका छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।

दलहरुले कीर्तिपुरको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका थिए । यहाँ ११ स्वतन्त्र सहित २० जना चुनावी मैदानमा उत्रिएका थिए ।

कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन ५ सय ६२ मत ल्याएर निर्वाचित भइसकेका छन् ।

यस्तै वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेसकै राजेन्द्र बानियाँ ७४२ मत ल्याएर निर्वाचित भइसकेका छन् ।

कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन भएको हो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए । माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।

आइतबार देशरभरका ४१ स्थानीय तहमा उपनिर्वान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *