स्थानीय तह उपनिर्वाचन

२८ सय मत ल्याउँदै गौरिशंकरको उपाध्यक्षमा एमालेकी शेर्पा निर्वाचित

रास्वपाकी श्रेष्ठको एक सय मत

काठमाडौं । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले निर्वाचित भएको छ । सोमबार सम्पन्न मतगणनाअनुसार एमालेकी उमा लुङ्गेली मगर शेर्पा २ हजार ८ सय ५ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसकी पासदिकी तामाले १ हजार ७ सय २७ मत ल्याइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी मन कुमारी श्रेष्‍ठले १ सय १८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा श्रेष्ठले एक सय मत ल्याएकी छन् ।

आइतबार देशभरका ४१ स्थानीय तहमा उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *