सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात, विराटनगरको दोस्रो हार

काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ ।

एनपिएलको चौथो खेलमा विराटनगर किंग्सलाई ९२ रनमा अलआउट गर्दै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको हो ।

जितका लागि १८३ रनको लक्ष्य पाएको विराटनगर किंग्स १६.१ ओभरमा अलआउट हुँदै ९२ रनमै समेटियो ।

विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका अभिनास बोहरा र स्कट कुग्गेलिजनले घातक बलिङ गरे ।

अभिनास र स्कट कुग्गेलिजनले समान ३–३ विकेट लिए । ब्रान्डन मक्मलेन, सेफ अलि जेब र ईशान पाण्डेले समान १–१ विकेट लिए ।

९२ रनमा अलआउट हुनुअघि विराटनगर किंग्सका ओपनर मार्टिन गप्टिल शून्य र लोकेश बम २ रनमा आउट भए ।

निकोलस कीर्तन ५ रनमा आउट हुँदा राजेश पुलामी मगरले १५ रन बनाए । विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रन बनाए ।

इस्मत आलामले ६ रनको योगदान दिए भने दीपक बोहरा ५ रनमा आउट भए ।

प्रतिस जिशी १ रनमा आउट भए । कप्तान सन्दीप लामिछानेले ८ रन जोडे । क्रिस सोल ९ रनमा आउट हुँदा अनिल खरेल १० रनमा नट आउट रहे ।

ब्याटिङ नचल्दा विराटनगर किंग्सले लगातार दोस्रो हार बेहोर्‍यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो ।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले अर्ध शतक बनाए । २४ बल सामना गरेका उनले ५७ रनको नटआउट पारि खेले ।

२४ बल सामना गरेका उनले ५७ रनको नट आउट पारि खेले । रोयल्सका ओपनर अमित श्रेष्ठ १ रनमा आउट भए भने विनोद भण्डारीले २३ रन बनाए ।

ब्रान्डन मक्मलेनले ३६ रन बनाए भने आरिफ शेखले ९ रनको योगदान दिए । सेफ अलि जेबले १४ रन बनाए ।

इशान पाण्डेले २१ रन जोडे । स्कट कुगेलेइनले १० रनको योगदान दिए ।

कप्तान ऐरी ५७ रनमा र बसन्त खत्री ४ रनमा नट आउट रहे ।

बलिङमा भने विराटनगरका अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसी, क्रिस सोल र इस्मत आलमले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *