नाडा र चीनको सिसिपिआइटी अटोबीच सम्झौता

काठमाडौं । नेपाल-चीन अटोमोबाइल व्यापार प्रवर्द्धनका लागि नाडा र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड,अटोमोबाइल सब–काउन्सिल(सिसिपिआइटी अटो) बीच सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधित्व गर्दे नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रती समेतको उपस्थितिमा दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबीच उक्त सम्झौता भएको हो ।

चीनियाँ काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड अटोमोबाइल सब–काउन्सिल)बीच (एमओयू) ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षण भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (CCPIT -Auto) ले अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।

सम्झौता अन्तर्गतः

  • नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि
    राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ ।
  • CCPIT -AUTOले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा
    साथ दिनेछ ।
  • यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका
    उपायहरू लिनेछ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता
    जनाएका छन् ।

उक्त सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम रहेको विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *