प्रेस विज्ञप्ति

सीजी मोटर्सले पोखरामा लञ्च गर्यो चिनियाँ अटोमोबाइल ब्रान्ड ‘एक्सपेंग मोटर्स’

काठमाडौँ । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रूपमा लञ्च गरेको छ । CG मोटर्सले अटोवेज प्रा.ली.लाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ ।

यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ । अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्स्पेङ ब्रान्डको परिचय गराए ।

साथै, सीजी मोटर्सका सिइओ निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे ।

उद्घाटनका क्रममा, अटोवेज प्रा.ली. ले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ । यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको कम्पनीले जनाएको छ । जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण E-NCAP मा ५ स्टार रेटिङ प्राप्त गरेको छ ।

कम्पनीका अनुसार यसले स्वचालित ड्राइभिङ प्रविधि, SEPA 2.0 संरचना, नियमित OTA अपडेटहरू, XOS अपरेटिङ सिस्टम, र 800V सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ । जी६ को मोटर पावर 190 kW र टर्क 440 Nm छ, जसले 66kWh ब्याट्री प्याकसहित 435 किलोमिटरको रेन्ज दिन्छ । यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा 50:50 तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ–कास्ट बडी, र ९–आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले लाई विशिष्ट बनाउने कम्पनीको जनाएको छ ।

सीजी मोटर्सले हालसालै बागडोल, काठमाडौँमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *