प्रेस विज्ञप्ति

प्राइम कमर्सियल बैंकको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभा हलमा आज २०८१ साल मङ्सिर १९ गते बुधवार सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश ९कर सहित० दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।

बैंकको चुक्ता पुँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ ।

सो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको बैंकले जनाएको छ । बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल रु. ७ अर्ब ५१ करोड आर्जन गरेको छ ।

उनले सेयर धनीहरूमाझ यसले दीर्घकालीन रूपमा आफ्ना सेयरधनीहरुलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिवृद्धि गर्दै लगेको बताए । आगामी वर्षहरूमा सेयर धनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको जानकारी समेत दिए ।

साधारण सभामा सेयर धनीहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बिच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैह्र कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय वृद्धि गर्दै लगेको जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *