प्रेस विज्ञप्ति

नेटा एक्स बन्यो थाइल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने ईभी

काठमाडौँ । चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने एस युभी बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ ।

थाइल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एस युभिहरुमा सबै भन्दा बढी बिक्री भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एस युभिको जित हासिल गर्न सफल भएको कम्पनीले बताएको छ ।

थााईल्यान्डको अटो मोबाइलले क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्री तथ्याङलाई आधार मानिएको बताएको छ ।

थाइल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्री वितरण हुँदै आईरेहेका छन् । चिनिया ब्रान्ड नेटाले नेपालको लागि आधिकारिक वितरक सिजी मोटर्स रहेको छ भने नेपालमा नेटा भि तथा नेटा एस मोडलमा इलेक्ट्रिक कारहरू उपलब्ध रहेका छन् ।

कम्पनीका अनुसार नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमी सम्म चल्न सक्छ । यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमीको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । यी विशेषताहरू नेटा एक्सलाई बहुपरकारी र इकोफ्रेन्ड्ली एस यू भि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउने कम्पनीले जनाएको छ ।

नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सिजी मोटर्स इवी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको कम्पनीको दाबी छ । कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *