एनआइएमबीको सहकार्यमा चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपालको एक मात्र सदर चिडियाखाना, जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले टिकट भुक्तानीको लागि डिजिटल माध्यमको व्यवस्था गरे सँगै अनलाइन भुक्तानी सम्भव भएको हो ।

अवलोकनकर्ताहरूले आफ्नो मोबाइल बैकिङ्गबाट को माध्यमबाट सहज भुक्तानी गरी प्रवेश टिकट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरूलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *