पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा, अध्यक्षमा शर्माको उम्मेदवारी

काठमाडौं । नेपाल पत्रकार महांघको आगामी मंसिर २८ मा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा संयुक्त उम्मेदवार बनेकी छन् ।

आईतवार काठमाडौंमा उम्मेदवार घोषणा सभा आयोजना गर्दै अध्यक्ष पदका लागि साझा उम्मेदवारका रुपमा नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका तर्फबाट शर्मालाई अध्यक्ष पदको लागि अघि सारिएको हो ।

उम्मेदवारी घोषणा गर्दै शर्माले पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने अधिकारको सुनिश्तिता आफ्नो टिमले गर्ने दाबी गरिन् । उनले जुन संस्थाबाट आएपनि महासंघमा आफूहरु राजनीति गर्नको लागि नभई श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दा उठाउन जान लागेको बताइन् ।

उनले देशभरबाट प्रेस चौतारी र प्रेस युनियनमा आवद्ध पत्रकारहरुको सुझावको आधारमा पत्रकार महासंघमा आफू नेतृत्वको टिमले काम गर्ने उनको भनाइ छ । उनले व्यावसायिक र जवाफदेही पत्रकारीताको प्रवद्र्धन गर्नु नै सबै संस्थाहरुको साझा उद्देश्य रहेको उल्लेख गरिन् ।

आफूहरु जुनसुकै राजनीतिक दल निकटका संस्थाहरुमा आवद्ध भएपनि व्यवसायिक पत्रकारिताको प्रवद्र्धनका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

महासंघको महाधिवेशनका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले भागबण्डा गर्ने सहमति गरेका छन् ।

सहमतिअनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकसहित २२ सदस्यमा पाएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *