एनपिएल : भोलि दुई खेल हुँदै,पहिलो जितको खोजीमा लुम्बिनी
काठमाडौं । यही मंसिर १५ गतेदेखी कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । एनपिएलमा आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् ।एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ ।
एक दिनको विश्रामपछि भोलि मंगलबार दुई खेल हुँदैछ । जसमा पहिलो खेल विहान ९ः१५ बजे चितवन राइनोज र लुम्बिनी लायन्स तथा दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।
राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी अझै पहिलो जितको खोजीमा छ । लगातार चार खेल हारेको लुम्बिनी ८ टोलीमा एक्लो जितविहिन टोली हो ।
यो पनि : एनपिएल : चार खेल जितेको जनकपुर शीर्ष स्थानमा, अरु कुन टिमको ‘पोजिसन’ के ?
लुम्बिनीसँग खेल्दा चितवन राइनोज लगातार जितको लक्ष्यमा छ । चितवनले पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा ३ खेलमा ब्रेक लगाउँदै तेस्रो जित हात पारेको थियो ।
कुशल मल्लको कप्तानीमा रहेको चितवनले चार मध्ये ३ खेल जितेर ६ अंकसहित तेस्रो स्थानमा छ । लगातार चार खेल हारेको लुम्बिनी अंकविहिन हुँदै पूछारमा छ ।
कुन टिमको खेल कहिले ?
मंसिर १५ – १२ः१५ बजे – विराटनगर भर्सेस जनकपुर
मंसिर १७ गते – ९ः१५ बजे – काठमाडौं भर्सेस चितवन
मंसिर १७ गते – १ः१५ बजे – जनकपुर भर्सेस कर्णाली
मंसिर १८ गते – ९ः१५ बजे – सुदुरपश्चिम भर्सेस विराटनगर
मंसिर १८ गते – १ः१५ बजे – चितवन भर्सेस पोखरा
मंसिर १९ गते – ९ः१५ बजे – कर्णाली भर्सेस काठमाडौं
मंसिर १९ गते – १ः१५ बजे – विराटनगर भर्सेस लुम्बिनी
मंसिर २० गते – ९ः१५ बजे – पोखरा भर्सेस जनकपुर
मंसिर २० गते – १ः१५ बजे – काठमाडौं भर्सेस सुदुरपश्चिम
मंसिर २१ गते – ९ः१५ बजे – कर्णाली भर्सेस चितवन
मंसिर २१ गते – १ः१५ बजे – लुम्बिनी भर्सेस पोखरा
मंसिर २२ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम
मंसिर २२ गते – १ः१५ बजे – कर्णाली भर्सेस विराटनगर
मंसिर २३ गते – ९ः१५ बजे – जनकपुर भर्सेस लुम्बिनी
मंसिर २३ गते – १ः१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन
मंसिर २५ गते – ९ः१५ बजे – चितवन भर्सेस लुम्बिनी
मंसिर २५ गते – १ः१५ बजे – कर्णाली भर्सेस पोखरा
मंसिर २६ गते – ९ः१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम
मंसिर २६ गते – १ः१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी
मंसिर २७ गते – ९ः१५ बजे – पोखरा भर्सेस विराटनगर
मंसिर २७ गते – १ः१५ बजे – काठमाडौं भर्सेस जनकपुर
मंसिर २८ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस कर्णाली
मंसिर २८ गते – १ः१५ बजे – विराटनगर भर्सेस चितवन
मंसिर २९ गते – ९ः१५ बजे – काठमाडौं भर्सेस पोखरा
मंसिर २९ गते – १ः१५ बजे – जनकपुर भर्सेस चितवन
मंसिर ३० गते – ९ः१५ बजे – काठमाडौं भर्सेस विराटनगर
मंसिर ३० गते – १ः१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम
पुस १ गते – ९ः१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली
पुस ३ गते – ९ः१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)
पुस ३ गते – १ः१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)
पुस ४ गते – १२ः१५ बजे – एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायर पराजित (दोस्रो क्वालिफायर)
पुस ६ गते – १२ः१५ बजे – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता (फाइनल)