इजरायली आक्रमणबाट वेस्ट बैंकमा २ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । रमल्लाहस्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर टुबासमा इजरायली बमबारीमा दुई प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

मारिनेमा २६ वर्षीय खलील अल–मसरी र ३२ वर्षीय अदी दाराघमेह रहेको बताइएको छ ।

टुबासका गभर्नर अहमद अल–असादले इजरायली सेनाले दुई युवालाई उनीहरुको घर नजिकै हत्या गरेको बताए ।

अद्राईले इजरायली सैनिकहरूले बन्दुकधारीहरूबाट एम—१६ हतियार, दुईवटा पेस्तोल र एक हात ग्रेनेड बरामद गरेको बताए ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अक्टोबर ७, २०२३ मा जारी इजरायल–प्यालेस्टाइन द्वन्द्व शुरु भएदेखि इजरायली बम र बन्दुकको गोलीकाण्डले पश्चिम किनारामा करिव ८१० प्यालेस्टाइनीको ज्यान लिएको रिपोर्ट गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *