‘संविधानलाई आफू अनुकुल व्याख्या गर्दा प्रदेश सरकारले अधिकार पाएनन्’

काठमाडौं । वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले राजनीतिक समूहको घेराबन्दीमा पर्दा प्रदेश सरकारहरुले एकल अधिकारको सूचिमा रहेका अधिकारहरुको कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लामिछानेले संविधानको मर्मभन्दा पनि राजनीतिको जगमा संविधानलाई आफू अनुकुलको व्याख्यामा जोड दिँदा प्रदेश सरकारले संविधानले दिएका एकल अधिकार नपाएको टिप्पणी गरे ।

उनले मुलुकको समग्र विकास र समृद्धिका लागि प्रादेशिक संरचनालाई बलियो र अधिकार सम्पन्न बनाउन सकेमात्रै संविधानको सफल कार्यान्वयन हुने बताए । संघीयताको मेरुदण्ड प्रादेशिक संरचना रहेको अवस्थामा प्रादेशिक संरचना सुदृढ नभएसम्म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको कल्पना गर्न नसकिने उनको भनाइ छ ।

उनले संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकार्यता, सहअस्तित्व र सिद्धान्तमा आधारित हुने व्यवस्था गरेपनि व्यवहारतः कार्यान्वयन नभएको उल्लेख गरे ।

उनले विपद्पछिको राहत, उद्धार तथा पुनर्निर्माणका लागि प्रदेश अन्तर्गतको कोषमा राहत जम्मा नहुँदा प्रदेश सरकार बुख्याँचा जस्तो भएको बताए ।

स्थानीय पालिकासम्म सिधै राहत वितरण गर्नसके मात्र जनताले छिटो राहत प्राप्त गर्ने अवस्था रहेको बताए ।

उनले भने– ‘विपद्पछिको राहत र पुनर्निर्माणका लागि प्रदेश अन्तर्गतको कोषमा राहत जम्मा गर्नुपर्ने जरुरी देखिन्छ । स्थानीय पालिकासम्म सिधै राहत वितरण गर्नसकेमा मात्र जनताले छिटो राहत प्राप्त गर्ने अवस्था बन्छ । र विपद् न्युनिकरण नक्शाङ्कन जस्ता कार्यमा नविनतम रुपमा भू प्रविधिहरुको पनि प्रयोग गर्न जरुरी छ । यसतर्फ हामीले ध्यान पु¥याउन सकेकै छैनौं । अधिकार क्षेत्रका कारण प्रदेश सरकार यो विषयमा अघि बढ्नसकेकै छैन । यस्तो अवस्थामा प्रदेश सरकार बुख्याँचा जस्तो मात्र हुन पुगेको छ । अधिकारसम्पन्न हुन नसक्ने । सोचेअनुरुपको कार्यसम्पादन हुन सकिरहेको अवस्था छैन ।’

विपद्पछि कार्य गर्नको लागि न्युनिकरणका लागि नक्शाङ्कन जस्ता कार्यमा नविनतम रुपमा भू–प्रविधिहरुको प्रयोग गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *