महालक्ष्मी विकास बैंकद्धारा ‘डिजिटल भुक्तानी केन्द्र’ को समुद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आज आयोजित एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्र (Digital Payment Center)  को समुद्घाटन गरेको छ ।

बैंकले ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने नीति बमोजिम डिजिटल भुक्तानी केन्द्र मार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरू प्रवाह गरिने जनाएको छ । यस अन्तर्गत सुरक्षित र आधिकारिक इलेकट्रोनिक भुक्तानी प्लेटफर्महरूको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहने विधार्थीहरुको आवेदन तथा अध्ययन शुल्क, पि.टि.ई (PTE) , स्याट (SAT), यु. एस.एम.एल.ई (USMLE), जि.आर.ई (GRE), ए.सी.सी.ए (ACCA) जस्ता कोर्सहरूको शुल्क तथा सेभिज (SEVIS) शुल्कको भुक्तानी गरिदिने बैैंकले जनाएको छ ।

यस किसिमको सेवाको शुभारम्भ सँगै ग्राहकहरूको नवीनतम भुक्तानीका माध्यमहरूको प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहानाको सम्बोधन हुने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोग प्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटवर्कको माध्यमबाट अन्तर्देशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *