अन्तिम बलसम्म संघर्ष गरेकाले जित सम्भव भयो– गुल्सन झा

काठमाडौँ । कर्णाली याक्सका क्रिकेटर गुल्सन झाले ट्वान्टी–२० मा नतिजा के हुन्छ भन्ने आँकलन गर्न नसकिने नभएकाले अन्तिम बलसम्म आफ्नो टोलीले संघर्ष गरेको बताए ।

त्यसैले पनि लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलसम्म एकअर्कालाई प्रोत्साहित गर्दै जित निकाल्न सक्छौँ भन्ने विश्वास रहेको बताए । टी ट्वान्टी खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुने कहिले कहीँ मात्र एकपक्षीय खेल हुने भएकाले पनि आफ्ना सहकर्मीले मेहनत गरेको बताए । उनले स्पिनरलाई मात्र मद्दत मिल्ने पिच भएकाले पनि आफूले बलिङ नगरेको उल्लेख गरे ।

सुरुका खेलमा हार व्यहोरे पनि टोलीले सधैँ उच्च आत्मबलका साथ खेलेको गुल्सनको भनाइ छ ।

प्रशिक्षक ज्ञानेन्द्र मल्ल र सोमपालले खेलमा हार भएपनि खेलाडीलाई सम्हादा जित सम्भव भएको उनी बताउँछन् । उनले ब्याटिङ गर्न कसैका लागि पनि सहज नभएको उल्लेख गरे । गुल्सनले आफ्नो उत्कृष्ट प्रदर्शनको पर्खाइ रहेको पनि बताएका छन् ।

शिखर धवनले ब्याटिङमा सुस्त सुरुवात भएपनि धैर्यतापूर्वक खेल्नुपर्ने सुझाव दिएको गुल्सनको भनाइ छ । धवनले आफ्नो खेल करियरको सुरुआती क्षणका बारे पनि आफूहरूलाई बताएको गुल्सनले उल्लेख गरेका छन् ।

प्लेअफ यात्राबाट बाहिरिइसकेको लुम्बिनीका विकास आग्रीले सेट ब्याट्सम्यान आउट भएपछि लयमा रहेको खेल गुमाउनुपरेको बताएका छन् । आजको खेलमा जित निकाल्ने लक्ष्यसहित खेले पनि सम्भव नभएको उनी बताउँछन् ।

उनले टिममा बलिङ र ब्याटङतर्फ राम्रा खेलाडी भएपनि राम्रो नतिजा आउन नसकेको उल्लेख गरे । उनले लुम्बिनी हारेकाले आफ्नो प्रदर्शनमा सन्तुष्ट नरहेको पनि बताएका छन् । विकासले विदेश खेलाडीबाट प्रशिक्षण शैली र माइन्ड सेटकाबारे सिक्न पाएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *