एनपिएल : जित्नैपर्ने दबाबमा दुवै टोली, पोखराविरुद्ध बलिङमा काठमाडौं

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले पहिला बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् ।

यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । त्यसैले खेल दुवै टोलीका लागि ‘नकआउट’ खेल जस्तै हुनेछ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ ।

पोखरा एभेन्जर्सको प्लेइङ-११
कुशल भुर्तेल, आकाश चन्द, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, नारायण जोशी, दिलिप नाथ, विपिन खत्री, आन्द्रेस गौस(विकेटकिपर), रेमन रिफर, आकर्षित गोमिल

काठमाडौं गुर्खाजको प्लेइङ-११
करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, राजु रिजाल, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, नाथन स्वटर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *