एनपिएल : पोखराविरुद्ध जितका लागि काठमाडौंले पायो १३९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को शनिारको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको हो ।

पोखराका लागि रेमन रेफरले अविजित ४१ रन बनाए । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिनेश खरेलले ३८ रन बनायो । दिलिप नाथले २७ र माइकल लिस्कले २३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । काठमाडौंका लागि भने राशिद खान र करण केसीले ३-३ विकेट लिए । माइकल लेभिट र गेर्हार्ड इरास्मसले १-१ विकेट लिए ।

यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । त्यसैले खेल दुवै टोलीका लागि ‘नकआउट’ खेल जस्तै हुनेछ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *