एनपिएल : पोखरालाई हराउँदै काठमाडौंले बनायो प्लेअफ सम्भावना बलियो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ । शनिबारको पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको जित हासिल गर्यो ।
पोखराले दिएको १ सय ३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । काठमार्डौका लागि ओपनर स्किनाजीले सर्वाधिक ६० रन बनाए । उनले ३४ बलमा १० चौका प्रहार गरे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको थियो । पोखराका लागि रेमन राइफरले नट आउट रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
यस खेलमा विजयी काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ ।पराजित पोखराको पनि प्लेअफ प्रवेसको अंक गणितीय सम्भावना कायमै रहेको छ ।