एकैदिन २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य ह्वात्तै घटेको छ । आज (आइतबार) सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *