किसानलाई समाजमा सम्मान र कदर गरौँ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्ने बताएका छन् । आइतवार काठमाडौंमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समाजमा परिश्रम गर्नेहरुलाई हेर्ने दृष्टिकोणमा परिवजर्तन जरुरी रहेको उल्लेख गर्दै उनले किसानलाई समाजमा सम्मान र कदर गर्न सक्नुपर्ने बताए ।
उनले भने,‘हाम्रो समाजमा आजकाल अलि परिश्रम गर्नेलाई जुन एउटा कदर गर्नुपर्नेमा फिजिकल लेभर गर्नेहरुलाई तल्लो स्तरबाट हेर्ने नजर परिवर्तन गर्नुपर्छ । परिश्रम गर्नेहरुलाई कदर गरेन भने विकास निर्माण कसरी हुन्छ । त्यसकारण आजको यो ज्यापु दिवसमा खेतमा परिश्रम गरेर,उत्पादन गरेर खाद्यान्न दिन्छन्,किसानलाई सम्मान र कदर समाजमा दिनुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले ज्यापु विकासका लागि स्थायी कोष बनाउन पहल गर्ने बताए ।