पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व, कसले कुन पद कति मतले जिते ? (सूची)

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा शर्मा चार हजार २८२ मतसहित विजयी भएकी हुन् ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् । उनी चार हजार २३० मतका साथ विजयी भएका हुन् । महिला उपाध्यक्षमा नितु पण्डितले चार हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द चारहजार २९२ मतका साथ विजयी भएका छन् । महासचिवमा रामप्रसाद दाहाल चार हजार २९२ मतसहित विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

को-को निर्वाचित भए ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *