पूर्व मेयर सिंहको निधन शोकमा काठमाडौं महानगरले दियो बिदा

काठमाडौं । पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा महानगरपालिकाले सिंहको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा दिने घोषणा गरेको हो ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिकाको रूपमा घोषणा गर्न नेतृत्व गर्नुभएका पूर्वप्रमुख पीएल सिंहको आज बिहान निजी निवासमा निधन भएको छ। उहाँप्रति महानगर परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’

यो पनि : काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन

सिंहले प्रमुखका रूपमा महानगरपालिकामा गरेका योगदान र समाज सेवामा देखाएको सक्रियतालाई उच्च सम्मान गर्दै आज (२०७८ पुस १ गते) अत्यावश्यक सेवाबाहेक महानगरका सबै कार्यालयहरू बन्द रहने जानकारी गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *