पहिलो महिला फुटसल च्याम्पियनसिप पौष २९ गते देखि हुने

काठमाडौं । काठमाडौंमा ‘प्रथम महिला फुटसल च्याम्पियनसिप – २०८१’ आयोजना हुने भएको छ ।

एलिसन स्पोर्ट्स प्रा.लि.को आयोजनामा पौष २९ गते ‘प्रथम महिला फुटसल च्याम्पियनसिप’ आयोजना हुने भएको हो ।

नेपाली महिलाहरूलाई फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले महिला फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

यस प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरूले आफ्नो फुटसल टिम बनाएर सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा कम्तीमा १६ टिमको सहभागिता रहने व्यवस्था गरिएको छ । खेलहरू लिग कम नकआउट आधारमा खेलाइनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरू गोल नेपाल डटकमबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर बेल सञ्चार रहेको छ ।

प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्नेछ । राष्ट्रिय खेलाडी वा “ए” डिभिजनमा खेलिसकेका खेलाडीमध्ये अधिकतम २ जना खेलाडी मात्र टोलीमा समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा विजेता टिमलाई ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता टिमलाई २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । यसै गरी, निष्पक्ष खेल प्रदर्शन गर्ने टिमलाई ४ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही २, हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले ४ हजार ५ सय दर्ता शुल्क तिर्नुपर्नेछ । टिम दर्ताको अन्तिम मिति पौष २५ गते, बेलुका ५ बजेसम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *