मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
मकालु खबर
२०८१ पुस ३ गते
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा.जितु उपाध्याय नियुक्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुर नगरपालिका–१ निवासी उपाध्यायलाई यही पुस महिनादेखि लागू हुनेगरी राजनीतिक सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए ।
अछाममा जन्मिएका ३९ वर्षीय डा.उपाध्यायले दक्षिण कोरियाको विश्वविद्यालयबाट ‘फुड साइन्स र टेक्नोलोजी’ विषयमा पिएचडी (विद्यावारिधि) गरेका छन् । प्रवासमा रहेर उनी अध्ययन, अध्यापन, अनुसन्धान सँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील थिए ।
मकालु खबर
२०८१ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित