कर्णालीले जनकपुरलाई दियो १ सय १९ रनको लक्ष्य
काठमाडौं । एनपिएलको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा अल आउट हुँदै १ सय १८ रन जोड्यो ।
कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४ रनको योगदान दिए । जिशान मकसूद र युनिश सिंहले समान १२–१२ रन जोडे ।
विलियम बोसिस्टो १४ रन बनाएर आउट भए ।
चाडविक वाल्टनले ११ रन थप्दा कप्तान सोमपाल कामीले ५ रन थपे । अर्जुन घर्तीले २ रन बनाए भने जयकिशन कोलसावालाले १ रन थपे । नन्दन यादवले ४ रनमा नट आउट रहे ।
बलिङमा भने जनकपुरका ललित राजवंशी, जेम्स निशाम र मोहम्मद मोहसिनले समान २–२ विकेट लिए ।
हर्ष ठाकर र शेर मल्लले समान १–१ विकेट लिए ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो ।
कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिको लागि खेल्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।