सिद्धार्थ बैंकद्वारा ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो ।
उक्त कार्डलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत, सुन्दर प्रसाद कडेलद्धारा सार्वजनिक गरिएको छ ।
यो कार्ड प्रयोग गर्ने गा्रहकहरुले पाउने सुविधाहरू यसप्रकार रहेका छन् :
– प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटक सम्म एयरपोर्ट Lounge मा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् ।
-ग्राहकहरूले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी Uno मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।
– यो कार्ड Priority बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने गा्रहकहरुले बैंकिङ्ग सेवामा प्राथमिकता पाउनेछन् ।
– प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिनेछ ।
– उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।
प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरूलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।