एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

काठमाडौं । एनसेलले ग्राहकहरूका लागि अनलिमिटेड डेटा सापटी सुविधा ल्याएको छ । ग्राहकहरूले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरूलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको हो ।

यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ भन्दा कम भएका प्रिपेड ग्राहकहरूले १ दिन अर्थात् २४ घण्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुष १ गतेबाट दिन थालेको हो ।

समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित ५० रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउन सक्छन् ।

यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले ८९९८८८४३ डायल लिन सक्ने छन् । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिने छ ।

कर सहितको सेवा शुल्क २.४८ र १ दिने अनलिमिटेड डेटाको ५० गरि ब्यालेन्स रिचार्ज गर्दा कुल ५२.४८ काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकहरूले यो डेटा सापटी लिन सक्छन् ।

अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरू हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ ।

एनसेलले यो अनलिमिटेड डेटा बाहेक ४० ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *