जनयुद्ध तिमी प्रतिबन्धित भएछौ : जनार्दन शर्मा

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न आदेश दिएपछि माओवादी नेताहरुले आलोचना गरेका छन् ।

माओवादी केन्द्रका नेताहरुले सर्वोच्चको आदेशले जनयुद्धबाट आएको परिवर्तनलाई अन्देखा गरेको आरोप लगाएका छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनयुद्ध शब्द प्रयोग नगर्न दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

शर्माले जनयुद्धलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिँडीमा सडाउन खोजिएको बताएका छन् । उनले प्रतिवन्धलाई लोकतन्त्रको उपहास भनेका छन् ।

‘तिमी प्रतिबन्ध भएको सुने, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चाहन्छ्न् । धारालाई तिम्रो प्रतिकूल बनाउनमा आफ्नै आत्मबालको कमी भएको महशुस गरेको छु । तर युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौं । देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्पसहित नयाँ पुस्ताको चाहनाअनुसार ए आई मा सवार हुनेछ ं। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो । जनयुद्ध तिमी प्रतिबन्धित भएछौ,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

संघीय सरकार र मधेश सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधानविपरित रहेको भन्दै सर्वोच्चले सो शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासले आव २०८१÷८२ को बजेट वक्तव्यको बुँदा नं २, विनियोजन ऐन २०८१ मा र मधेस प्रदेशको बजेटमा प्रयोग भएको जनयुद्ध शब्द हाललाई प्रयोग नगर्न भनेको थियो । सर्वोच्चको उक्त फैसलालाई लिएर अनेक टिकाटिप्पणी सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *