थुनामा रहेका दुर्गा प्रसाईँलाई अदालत उपस्थित गराइयो
मकालु खबर
२०८१ पुस ५ गते
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि उनलाई आज दोस्रो पटक अदालत उपस्थित गराइएको हो ।
आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि अन्य कसुरमा उनी हिरासतमै छन् । प्रसाईँले प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले उक्त अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मकालु खबर
२०८१ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित