नेपालले बङ्गलादेशलाई दियो ५५ रनको सामान्य लक्ष्य

काठमाडौं । एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै ५४ रन जोड्यो ।

नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले ९ रन बनाउँदा एलिशा कुमारी यादवले ८ रन थपिन् ।

साना प्रवीण र तिरसाना विश्वकर्माले समान ४–४ रन बनाइन् ।

सीमाना केसी र कुसुम गोदारले समान ३–३ रनको योगदान दिइन् । सोनी पाख्रिनले २ रन बनाउँदा ज्योत्स्निका मरासिनीले ५ रन बटुलिन् ।

बलिङमा भने बङ्गलादेशकी फरजाना इसमिन, अनीसा अख्तर सोबा, फाहोमिदा चोया र हबिबा इस्लामले समान १–१ विकेट लिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *