ललितपुरमा सबै ब्रान्डका स्कुटरहरू पाइने ‘ईभी मार्ट’ सञ्चालनमा
काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्रान्डका (प्रिमियम मोडलहरू) स्कुटरहरू पाइने इभी मार्ट खुलेको छ ।
श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरू भएको ब्रान्डहरूको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।
‘अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०–८० ब्रान्डका कारण उपभोक्ताहरू अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका छौं । ’ उनले त्यहाँ विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरूले पनि सम्पर्क गर्न सकिने जानकारी दिए ।
कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको जानकारी दिए ।
‘ललितपुरमा ईभी स्कुटरहरूको ग्राहकहरू निकै धेरै छन्, यहाँ हामी विभिन्न ब्रान्डका र ग्राहकहरूको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधनहरू विक्री गर्छौँ ।’ कम्पनीका प्रबन्ध निर्देशक गोपाल तिमल्सिनाले बताए ।
डाइरेक्टर श्रेष्ठले शोरुम खुलेको अवसरमा हामीले १ हप्ताको लागि मोडलमा रु. १५,००० बराबरको स्मार्ट फोन उपहारको व्यवस्था समेत गरिएको बताए ।