शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला
मकालु खबर
२०८१ पुस ५ गते
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका नेता कोइरालालाई १५ किलोको माला लगाएर स्वागत गरिएको हो ।
नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो ।
नेता कोइरालालाई धनगढी विमानस्थलमा डडेलधुराका नेता युवराज पाण्डे सहितका नेताहरूले १५ किलोको माला लगाएका हुन् ।
मकालु खबर
२०८१ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित