इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या

काठमाडौं । उत्तरी वेस्ट बैंकमा दुई छुट्टाछुट्टै घटनाहरूमा इजरायली हवाई आक्रमणमा परी ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् ।

चार जनाको शव र तीन जना घाइतेलाई तुलकर्म शहरको थाबेट सरकारी अस्पतालमा ल्याइएको छ ।

तुल्कारमका गभर्नर मुस्तफा ताकात्काले इजरायली ड्रोनले तुल्कारम शरणार्थी शिविरमा एउटा गाडीमा बम प्रहार गरेको बताए । जसमा चार व्यक्तिको मृत्यु भएको छ जसको पहिचान अझै तय हुन सकेको छैन ।

प्यालेस्टिनी नागरिक सुरक्षाकर्मीहरू गाडीमा लागेको आगो निभाउन र शवहरू निकाल्न बम विष्फोट स्थलमा पुगेका थिए ।

यसअघि नाब्लस शहरको पूर्वमा रहेको बालाता शरणार्थी शिविरमा इजरायली सेनाको गोली लागेर एक वृद्ध महिलासहित दुई प्यालेस्टिनीको मृत्यु भएको थियो ।

अक्टोबर ७, २०२३ मा गाजापट्टीमा इजरायल र हमासबीचको युद्ध शुरु भएदेखि वेस्ट बैंकका शहरहरू, शिविरहरू र गाउँहरूले बढ्दो तनावको अनुभव गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *