एनपिएलको फाइनल हेर्न मैदानमै पुगे प्रचण्ड
मकालु खबर
२०८१ पुस ६ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ एनपिएलको फाइनल खेल हेर्न त्रिवि मैदान पुगेका छन् ।
शनिवार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न प्रचण्ड त्रिवि मैदान पुगेका हुन् । गृहमन्त्री रमेश लेखक पनि खेल हेर्न त्रिवि मैदान पुगेका छन् ।
फाइनल हेर्नका लागि नेतादेखि मन्त्रीसम्मका उच्च पदस्थहरू त्रिवि मैदानमा उपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने खेल हेर्न त्रिवि मैदान गएनन् ।
त्रिवि मैदानमा १० हजार भन्दा बढी दर्शक एनपिएल हेर्न आएका छन् ।
मकालु खबर
२०८१ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित