च्याम्पियन टोली जनकपुरलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।

शनिवार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले एनपिएलको उपाधि जितेको थियो ।

‘बधाई जनकपुर बोल्ट्स्, एनपिएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

ओलीले एनपिएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *