क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक

काठमाडौँ । युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअप ले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता सम्पन्न गरेको छ ।

क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरूलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको जनाएको छ ।

भ्वाइस अफ नेपाल, आफ्नो सुरुवात कालनै नयाँ र फ्रेस गायक–गायिकाहरूको प्रतिभा उजागर गर्दै उनीहरूलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ र यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगीहरूमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

यसै समारोहका बिच युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीत भन्छन् – ‘क्लोजअप सधैँ आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।’

भ्वाइस अफ नेपालको आयोजक टोलीले पनि क्लोजअप सँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै भन्छन् – ‘यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्नेछ । यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरू उजागर गर्नेछ ।’

यसैगरी क्लोजअपले यस अगाडी पनि आत्मविश्वास बढाउने खालका थुप्रै कार्यक्रममा आफ्नो सशक्त उपस्थिति राख्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *