कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा श्रेष्ठ नियुक्त

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा बुद्धिमान श्रेष्ठलाई नियुक्त गरिएको छ ।

पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले गोरखाका डा श्रेष्ठलाई आज कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

डा श्रेष्ठलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *