आइएमई पे ‘डिजिटल सर्भिसेज आइसिटि पुरस्कार २०२४’ बाट सम्मानित

काठमाडौँ । ‘आइएमई पे’ आइसिटि अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ । पुस ५ गते शुक्रवार काठमाडौंमा सम्पन्न भएको आइसिटि अवार्ड कार्यक्रममा ‘आइएमई पे’ डिजिटल सर्भिसेज आइसिटि अवार्ड २०२४ बाट सम्मानित भएको हो ।

आइसिटि अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्दछ । आफ्नो नवीन र प्रयोगकर्ता–मैत्री प्लेटफर्म मार्फत आइएमई पेले डिजिटल भुक्तानी लगायतका विभिन्न बितिए सेवाहरू प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको जनाएको छ । यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्वपूर्ण योगदानलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।

‘डिजिटल सर्भिसेज आइसिटि अवार्ड २०२४ बाट सम्मानित हुन पाउँदा हामी निकै गौरवान्वित भएको छौँ । यो पुरस्कार आइएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको परिश्रम , समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो’, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आइएमई पेको स्थानलाई अझ बलियो बनाउने उनले बताए । आइएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देश भरका व्यक्ति र व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *