आइएसएमटी एक्पोमा विद्यार्थीहरूले बनाएका विभिन्न २० प्रोजेक्टहरुको प्रदर्शनी

काठमाडौँ । काठमाडौँ तिनकुने गैरिगाँऊ स्थित ISMT College ले ISMT Expo मा कलेजमा IT मा अध्ययनरत विद्यार्थीहरूले बनाएको Robot, Gaming, Lie Detector, Free Detector लगायत विभिन्न २० वटा प्रोजेक्टहरुको प्रदर्शनी रहेको थियो ।

विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न आइएसएमटी एक्पो आयोजना गरिएको कलेजले जनाएको छ ।

उक्त Expo मा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत समाजका प्रतिष्ठित व्यक्तिहरूले अवलोकन गरेका थिए । उनीहरूले विद्यार्थीहरूसँग उनीहरूको प्रोजेक्टको बारेमा अन्तरक्रिया गर्नुका साथै उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना समेत दिएका थिए ।

उक्त कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत चार हजार भन्दा बढी व्यक्तिहरूले अवलोकन गरेका थिए ।

ले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि University of Sunderland कै सम्बन्धनमा कलेज सञ्चालन गरि BBA (Business and Management), BHM, BSc, IT (CSE), BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *